Categories समाचार

प्रतिबन्धित लागु औषध सहित हेटौंडाका एकजना पक्राउ

Advertisement

वीरगञ्ज । पर्सा प्रहरीले प्रतिबन्धित लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का ३४ वर्षिय अजित तामाङ रहेका छन् ।

बुधबार साझ अन्दाजी ५ बजे वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ शंकराचार्य गेट नजिकै रक्सौलबाट वीरगञ्जतर्फ आउदै गरेका प्र.२-०२-००४ प ७४९५ नम्बरको स्कुटी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Advertisement

स्कुटीको सिटमुनी रहेको फल्स सिलिङमा कालो प्लाष्टिकभित्र प्रतिबन्धित लागु औषध Onrex 100 ml को ६९ बोत्तल फेला परेपछि स्कुटी र उल्लेखित लागु औषध सहित तामाङलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

Advertisement

तामाङ उपर लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरीले बताएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *