Categories समाचार

नेपाल-भारत उद्योग वाणिज्य संघ,बीरगन्ज च्याप्टरको सक्रियता बढ्दै

Advertisement

अमित अग्रवाल

वीरगन्ज । नेपाल-भारत उद्योग वाणिज्य संघ,बीरगन्ज च्याप्टरका अध्यक्ष र भारतको तेलंगना उद्योग वाणिज्य महासंघका अध्यक्ष बीच भेटवार्ता भएको छ ।

Advertisement

नेपाल-भारत उद्योग वाणिज्य संघ,बीरगन्ज च्याप्टरका अध्यक्ष अभिषेक चौधरीले भारतको तेलंगना उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर अग्रवालसंग भेटघाट गरेका छन् ।

Advertisement

गत सोमबार संघकै सचिवालय फेडरेसन हाउस, हैदराबादमा शिष्टाचार भेटघाट भएको छ । तेलंगना राज्य खासगरी कांसका भाडावर्तन र मूर्तिहरुको उत्पादनका लागि विश्वभरी परिचित छ ।

च्याप्टरका अध्यक्ष चौधरीले गुजरात उद्योग वाणिज्य संघका अध्यक्ष अजय पटेलसंग पनि संघकै सचिवालय आश्रम रोड, इलिसब्रीज, अहमदाबाद, गुजरातमा गत मंगलबार शिष्टाचार भेटघाट गरेका छन् । गुजरात शहर खास गरि टेक्टाइल उद्योगहरुका लागि प्रशिद्ध ठाउँ हो ।

ती दुबै भेटघाट तथा छ्लफलका अवसरमा ती उद्योग वाणिज्य महासंघ र संघहरु तथा नेपाल-भारत उद्योग वाणिज्य संघ बीच गर्न सकिने सहकार्यहरु, आपसी सहयोग तथा सूचनाहरुको आदानप्रदान, प्रतिनिधिमण्डलको आवतजावत, एक अर्कोको शहरमा प्रदर्शनीको आयोजना गर्ने लगायतका बिषयहरु केन्द्रमा राखिएको चौधरीले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *