Categories समाचार

ज्येष्ठ नागरिक पार्कलाई सुन्दर बनाउने काम छिट्टै सुरु हुन्छ : मेयर सिंह

Advertisement

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले लक्ष्मणवामा रहेको ज्येष्ठ नागरिक पार्कलाई सुन्दर बनाउन गुरु योजना बनाएर काम अघि बढाएको बताउनुभएको छ ।

डीपीआर निर्माणको काम सकिएको बताउँदै उहाँले यही छठ पर्व पछि पार्कलाई थप सुन्दर बनाउने गरि निर्माणको काम सुरु गरिने बताउनुभएको हो । ज्येष्ठ नागरिक संघको ११ औँ साधारणसभा एवं विश्व अल्जाइमर्स दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बोल्ने भन्दा पनि काम गरेर देखाउने गरि आफू लागि परेको बताउनुभयो ।

Advertisement

कार्यक्रममा ज्येष्ठ नागरिक संघका निवर्तमान अध्यक्ष समेत रहनु भएका वरिष्ठ पत्रकार जगदिश शर्माले महानगरले ज्येष्ठ नागरिक संघका लागि गरेको सहयोगको प्रशंसा गर्नुहुँदै आउँदा दिनमा पनि सहयोग रहिरहने विश्वास व्यक्त गर्नुभयो ।

Advertisement

उहाँले राजेशमान सिंहको नेतृत्वमा रहेको महानगरले अहिले वीरगंज बनाउन विभिन्न योजनामा काम गरिरहेको भन्दै महानगरले गरेका राम्रा काममा सबैले साथ दिनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा डा.श्यामसुन्दर दासले अल्जाइमर्सका बारेमा जानकारी दिनुभएको थियो । संघका अध्यक्ष श्याम शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजिकरण विनयराज गौतमले गर्नुभएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *