Categories समाचार

आन्दोलन गरिरहेका शिक्षकहरुलाई विद्यालयमा फर्कन वीरगन्ज महानगरको आग्रह

Advertisement

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले सामुदायिक विद्यालयको पठनपाठन ठप्प पारेर काठमाडौंमा गई आन्दोलन गरिरहेका शिक्षकहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

बिहीबार महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले एक सूचना जारी गरेर विद्यालयको पठनपाठन नै ठप्प पारेर आन्दोलन नगर्न शिक्षकहरुलाई आग्रह गर्दै यथाशिघ्र विद्यालयमा फर्किएर पठनपाठन सुचारु गर्न आग्रह गरेका छन् । अन्यथा सम्बन्धित विद्यालयका प्रधानाध्यापक स्वंय जिम्मेवार हुने उक्त सूचनामार्फत नै चेतावनी समेत दिइएको छ ।

Advertisement

महानगरको सूचनामा विद्यालयको पठनपाठन नै अवरुद्ध हुने गरी भइरहेको शिक्षकहरुको आन्दोलनप्रति महानगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको भन्दै महानगरपालिकाले विद्यालयको पठनपाठन बन्द हुदाँ संविधान प्रदत्त बालबालिकाको शिक्षा पाउनु पर्ने मौलिक अधिकारबाट बालबालिका बञ्चित भएकोले उक्त मौलिक अधिकारबाट बालबालिकालाई बञ्चित नगराउन आन्दोलनरत शिक्षकहरुलाई सचेत गराएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *