Categories समाचार

मलंगवामा भएको घटनाबारे निष्पक्ष छानबिन गर्न गृहमन्त्रीलाई ज्ञापन

Advertisement

वीरगन्ज । सर्लाहीको सदरमुकाम मलंगवा वडा नम्बर ३ मा मूर्ति सेलाउने क्रममा रुपेश यादव लगायत ७/८ जना माथी छुरा प्रहार गरिएको घटना प्रति गम्भीर आपत्ति प्रकट गर्दै ज्ञापन पत्र बुझाइएको छ ।

समतामूलक समाज निर्माण महाअभियान तथा नेपाल विश्व हिन्दु महासंघ द्वारा संयुक्तरूपमा आज गृहमन्त्री लाई ज्ञापन पत्र बुझाइएको छ।

Advertisement

उक्त घटनाको निष्पक्ष छानबिन गरि दोषी लाई यथाशीघ्र कानुनी दायरामा ल्याइ कडा भन्दा कडा कानुनी कार्यवाही तथा पीडित र घाइतेहरुको उपचारको लागी न्यायोचित क्षतिपूर्ति को माग गर्दै ज्ञापन पत्र बुझाइएको महाअभियान तथा महासंघको महासचिव अभिषेक तिवारीले जानकारी गराए ।

Advertisement

उक्त अवसरमा समतामूलक समाज निर्माण महाअभियान का राष्ट्रिय संयोजक बिजय प्रकाश निषाद, नेपाल विश्व हिन्दु महासंघका राष्ट्रिय अध्यक्ष शंकर पौडेल, महाअभियान कि उपाध्यक्ष सुनिता साह क्रान्ति तथा सचीव डा. ऋषि साह लगायतको उपस्थिति रहेको थियो।

चार दिनदेखि कर्फ्यु लगाइएको भए पनि स्थिति सामान्य हुन सकेको छैन। गत शुक्रबार गणेश चतुर्थी तथा विश्वकर्मा पूजाको मूर्ति विसर्जन गर्ने क्रममा दुई समुदायबिच झडप भएपछि बिग्रिएको मलंगवाको स्थिति अझै प्रहरी प्रशासनको नियन्त्रणभन्दा बाहिर रहेको स्थानीयहरु बताउँछन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *