Rato Pana
समाचार

वीरगन्जमा भोलि “सद्भाव रयाली” निकालिदै

वीरगन्ज । वीरगन्जमा केहिदिन यता दुइ फरक धर्मका समुदायबिच बढ्दो तनावलाई मध्यनजर गरी वीरगन्ज महानगरपालिकाले भोलि सोमबार निकाल्न लागिएको “सद्भाव रयाली” मा सहभागी हुन कर्मचारीहरुलााई निर्देशन दिएको छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले आइतबार जारी गरेको सूचनामा सोमबारको “सद्भाव रयाली” कार्यालय पोशाकमा अनिवार्य सहभागी हुन महानगरपालिका र त्यस मातहतका कार्यालयका सबै कर्मचारीहरुलाई आग्रहसहितको निर्देशन दिइएका हो ।

वीरगन्जको आदर्शनगरस्थित स्वीमिङ पूल परिसरबाट सोमबार बिहान ११ बजे निस्किने उक्त “ सद्भाव रयाली” ले नगरको परिक्रममा गर्ने बताइएको छ ।

वीरगन्जमा धार्मिक र सामाजिक सद्भाव कायम राख्न “सद्भाव रयाली” को आयोजना गर्न लागिएको हो । वीरगन्जमा रहेको हिन्दू र मुस्लिम समुदायबिच कुनै किसिमको द्वेष नरहेको सन्देश दिनका निमित्त स्थानीय युवाहरूको अगुवाईमा सोमबार बिहान ११ बजे आदर्शनगरस्थित स्वीमिङ पूल परिसरबाट “ सद्भाव रयाली” निकालिने तय भएको जनता समाजवादी पार्टी नेपाल वीरगन्ज महानगर समितिका अध्यक्ष इश्वरचन्द्र यादवले जानकारी दिए ।

यसअघि आइतबार जिल्ला प्रशासन कार्यालय पर्साममा आइतबार बसेको सर्वपक्षीय बैठकममा वीरगन्जमा अबदेखि शान्ति अमन चयनमा खलल पुरयाउने खालका धार्मिक एंव सामुदायिक प्रकारका रयाली , जुलुश , प्रदर्शन वा बन्द हडतालको कार्यक्रम वा गतिविधी कुनैपनि समुदाय र संघसंस्थाले नगर्ने सहमति गरिएको थियो ।

सम्वन्धित समाचार

Leave a Comment