Categories समाचार

३२ किलो चरेशसहित पर्सामा एकजना पक्राउ

Advertisement

वीरगन्ज । पर्सा प्रहरी ठूलो परिमाणमा लागुऔषध चरेशसहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर १ मा रहेको चमरीपुलबाट ३२ किलोग्राम चरेशसहित एकजनालाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा पर्सा प्रहरीको टोली नेपालबाट भारततर्फ गइरहेको अवस्थामा जाँचको क्रममा ६४ वटा पोकामा रहेको लागुऔषध चरेश बरामद गरेको छ ।

Advertisement

प्रहरीले चरेशसहित ठोरी गाउँपालिकाको विजयबस्तीका क्षेत्रबहादुर श्रेष्ठलाई पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता कुमारविक्रम थापाले जनाए । उनको साथबाट पक्राउ गरिएको मोटरसाइकलको नम्बर भने अनुसन्धानका लागि गोप्य राखिएको प्रहरी भनाइ छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *