Categories समाचार

आमाको मात्रै नाम उल्लेख गरेर नागरिकता दिन परमादेश जारी

Advertisement

वीरगञ्ज । सर्वोच्च अदालतले आमाको मात्रै नाम उल्लेख गरेर नागरिकता दिन परमादेश जारी गरेको छ ।

सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासले आमाको मात्रै नामबाट नागरिकता जारी गर्न सरकार र स्थानीय निकायको नाममा परमादेश जारी गरेको हो ।

Advertisement

विवाह नै नगरी सन्तान जन्माएकी कुमारी आमाले दिएको एक निवेदनमाथि आफ्नो फैसला सुनाउँदै अदालतले बुबाको नाम नराखी वा वतन नखुलेको अवस्थामा पनि आमाको मात्रै नामबाट नागरिकता जारी गर्न परमादेश दिएको हो ।

Advertisement

२०८० साउन २३ गते भएको फैसलाको पूर्ण पाठ सोमबार सार्वजनिक गर्दै अदालतले कुमारी आमाको नामबाट पनि सन्तानलाई नागरिकता प्रदान गर्न परमादेश जारी गरेको हो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *