Categories समाचार

पचरौताको गोली प्रकरण : आफैसँग आएका साथीले गोली हानेर गरे हत्या

Advertisement

वीरगञ्ज । बाराको पचरौता नगरपालिका वडा नम्बर ६ लक्ष्मीनियाँमा गोली प्रहारको घटनामा संलग्नहरुको पहिचान भएको बारा प्रहरीले जनाएको छ ।
हिजो साँझ सवा ६ बजेको समयमा नेपाल–भारत सीमाभन्दा करिब ७०० मिटर नेपालतर्फको भूभागमा लक्ष्मिनिया स्थित पोखरी नजिकै भारतको मोतिहारी, दर्पा थाना–१, सुक्लहिया गाँउ बस्ने रामपुकार सिंहको छोरा अन्दाजी २२ बर्षका अजित कुमार सिंहको गोली प्रहार गरी हत्या भएको थियो ।

उक्त घटनामा संलग्नहरुको पहिचान खुलेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक अजित कुमार सिंहसँगै भारतको मोतिहारी जिल्ला, दर्पा थाना–१ सुक्लहिया बस्ने वर्ष २५ को सुजित कुमार सिंह, सोही स्थान बस्ने वर्ष २४ को चञ्चल पाञ्डे, वर्ष २२ का मनिष कुमार सहनी र वर्ष २० को कामेश्वर सहनी रहेका छन् ।

Advertisement

अजित कुमारसँगै दुईवटा अनटेष्ट मोटरसाईकलमा नेपाल प्रवेश गरेका उनीहरु बाराको पचरौता नगरपालिका वडा नम्बर ६ लक्ष्मिनिया स्थित पोखरी नजिक आईपुगेपछि एउटै बाईकमा पछाडि बसेका सुजित कुमार सिंहले अजित कुमार सिंहलाई पछाडिबाट गोली प्रहार गरी हत्या गरेर अनटेष्ट मोटरसाईकलमा भारततर्फ भागेको प्रहरी नायव उपरीक्षक न्यौपानेले बताउनुभयो ।

Advertisement

प्रहरीले घट्नास्थलबाट एक थान गोली र एक थान गोलीको खोका समेत बरामद गरेको छ । घट्नास्थलको प्रारम्भिक अनुसन्धानपछि शव पोष्टमार्टमको लागि नारायणी अस्पताल विरगञ्ज पठाई घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक न्यौपानेले बताउनुभयो ।

अमरेश सिंहको हत्या घटनामा संलग्न आशंकामा चारजना पक्राउ 
बाराको नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रमा एक पूर्वसशस्त्र प्रहरी जवानको हत्या गरिएको अवस्थामा शव भेटिएपछि घटनामा संलग्न भएको आशंकामा दुई जना भारतीय नागरिक सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पँचरौता नगरपालिका–१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा स्थानीयवासीले ३४ वर्षीय अमरेशकुमार सिंहको शव देखेर प्रहरीलाई खबर गरेको थियो । अनुसन्धानका क्रममा सिंहको हत्यामा तीन जनाको संलग्नता देखिएको र घटनामा संलग्न भएको आरोपमा भारतीय नागरिकहरू राहुल साह र सामलाल महतोलाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

सिंहको हत्या अभियोगमा पक्राउ परेका भारतीय नागरिक राहुल साहले दशगजाको नेपालतर्फ रक्सी पसल सञ्चालन गर्दै आएको र केही दिनपहिला सिंहसँग झगडासमेत भएको अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढमा मृतक सिंहले भारतीय नागरिक साह र महतोलाई विपक्षी बनाई निवेदन पनि दिएकोमा दुवै पक्षलाई छलफलका लागि बेलाएको भए पनि सुतिरहेको अवस्थामा घरमा गई मृतक सिंहलाई बोलाएर दशगाजातर्फ लगी धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका साह, महतो र मृतक सिंहबीच कैयौँ पल्ट रक्सीको विषयमा झैझगडा भएको प्रहरीको भनाइ छ । घटनास्थलमा पुगी बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले भारतीय समकक्षीहरूसँग पनि सोधपुछ गर्नुभएको छ । घटनाका बारेमा सूक्ष्म ढङ्गले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न एकजना फरार रहेका छ । साभार

सांकेतिक तस्बिर

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *