वीरगञ्ज । आर्थिक नगरी बिरगंजमा पनि ४४ औं बिश्व पर्यटन दिबस भब्य रुपमा मनाइएको छ । आज ४४ औं बिश्व पर्यटन दिबसको उपलक्ष्यमा बिरगंजका होटल तथा पर्यटन ब्यबसायी र पर्यटन प्रहरी कार्यलयले सन्युक्त रुपमा पर्यटन दिबस मनाएका हुन । सो अबसरमा वीरगञ्जको मुख्य द्वार शन्कराचार्य गेट बाट नेपाल प्रबेश गर्ने भारतीय पर्यटकहरु लाई फुल , माला र खादाले स्वागत गर्दै शुभ साइतको प्रतीक दहि समेत खुवाएर स सम्मान नेपाल तर्फ भित्र्याइएको थियो ।
यसरी नेपालीहरुको न्यानो र मीठो आतिथ्य पाएका भारतीय पर्यटक आर के सिंहले यो सम्मान आफ्नो लागि फरक र अत्यन्तै सम्झन लायकको रहेको बताए । उनले आफुले पाएको यो सम्मान र आतिथ्यताको बखान आफ्नु देशमा गएर आफ्ना साथिहरु लाई सुनाउने र उनिहरुलाइ पनि नेपाल घुम्न आउन हौसला दिने बताए ।
त्यस्तै अर्का भारतिय पर्यटक दिगग्म्बर कुमारले आफू पहिले पनि नेपाल घुम्न आएको र नेपाल अत्यन्तै राम्रो लागेकोले फेरि घुम्न आएको बताए । उनले भने ” तर यस पटकको नेपाल घुमाइ अझ विशिष्ट हुनेछ । किनकि नेपालको प्रबेश द्वारमै यति मिठो स्वागत र सत्कार जो पायौ ” । उनीहरु बिरगंज हुँदै काठमाडौ पशुपतिनाथको दर्शन गर्न हिडेका हुन । र बिरगंजका होटल तथा पर्यटन व्यावसायिहरुले दिएको मायाले गर्दा उताबाट फर्कदा एक रात बिरगंज बसेरमात्र भारत फर्कने बताए ।
भारतीय पर्यटकहरु लाई स्वागत गर्ने क्रममा होटल तथा पर्यटन ब्यवसायी संघ बिरगंजका अध्यक्ष हरि पन्तले यदि आज ती स्वागत गरेका भारतीय पर्यटकहरु बिरगंज बस्न चाहेमा आफुहरुले बिरगंजका कुनै पनि होटलमा निशुल्क बास बस्ने ब्यबस्था मिलाउने बताएका थिए । तर उनिहरुको पहिले नै काठमाडौ यात्राको सेडुल बनिसकेको बताएका थिए ।
अध्यक्ष पन्तले वीरगञ्ज लगायत भारतीय सिमा नजिकका होटल तथा पर्यटन ब्यबसायका ५० देखि ६० प्रतिशत सम्म पाहुनाहरु भारतीयनै हुने भएकोले भारतीय पर्यटकनै आफूहरुको महत्व भित्र पर्ने बताए । उनले भने व्यावसायिक र छिमेकी दुबै दृस्ठिकोण बाट भारतीय पर्यटकहरु प्रती हाम्रो अत्यन्तै सद्भभाब छ ।
होटल तथा पर्यटन ब्यबसायी संघका केन्द्रीय सदस्य्हरु रचेन्द्र सिंह थापा , माधब बस्नेत लगाएत दिलिप राज कार्की , कुबेर कार्की, मिलन श्रेष्ठ तथा भन्सारका सशस्त्र प्रहरी नायब उपरीक्षक , पर्यटक प्रहरी हरु , जनपद प्रहरी लगाएत संचार कर्मिहरुको उपस्तिथि रहेको उक्त कार्यक्रम संघका अध्यक्ष हरि पन्तको अध्यक्षतामा समन्न भएको थियो ।







