Categories समाचार

बाराको जंगलमा पासो लगाई झुण्डी सडेगलेको अवस्थामा शव फेला

Advertisement

वीरगन्ज । बाराको जंगलमा झुण्डेर सडेगलेको अवस्थामा मानव कंकाल फेला परेको छ । बुधबार साँझ १५ बजेको समयमा बाराको जितपुरसिमरा उप–महानगरपालिका १४ स्थित हलखोरीया साझेदारी वनमा अन्दाजी ५० वर्षीय पुरुषको कंकाल फेला परेको हो ।

सिन्दुेरेको रुखको गहाँगामा नाईलनको डोरी बाधी पासो लगाई झुण्डी सडीगली गएको अवस्थामा शव फेला परेको क्षेत्रीय प्रहरी कार्यालय सिमराले जनाएको छ ।

Advertisement

मृतक लाशको शरीरमा बैजनी रंगको सर्ट, सो सर्टको गोजीमा गुलाबी रंगको पेन र बाँया हातको नाडीमा कालो प्सलाष्र्टटिकको फिता भएको घडी लगाएको छ ।

Advertisement

सोही हातमा कालो रंगको पछाडी भिड्ने झोला रहेको सो झोलामा केही नभई खाली रहेको सर्ट भित्र कालो स्यानडो लगाएको, तल कालो पाईन्ट लगाएको सो पाईन्टको पछाडीको गोजीमा कलेजो रंगको पर्स र सो पर्समा सुदिर कुमार लामा लेखिएको भु.पु सैनिक सुरक्षा गार्डको परिचय रहेकोको प्रहरीले जनाएको छ ।

यस्तै रातो बुट्टेदार कट्टु लगाएको दुबै खुट्टामा कालो कपडाको जुत्ता लगाएको सो लाश भन्दा एक फिट पुर्व भुईमा रातोमा बुट्टा भएको ढाका टोपि रहेको छ । हालसम्म शवको पहिचान हुन नसकेको र घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *