Categories समाचार

मधेस प्रदेशका मुख्यमन्त्रीको विराेधमा फेसबुकमा स्टाटस लेखेकाे आराेपमा एक डाक्टर पक्राउ

Advertisement

वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको विराेधमा समाजिक सन्जाल फेसबुकमा स्टाटस लेखेकाे आराेपमा एक डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले मुख्यमन्त्री कार्यालयको उजुरीको आधारमा आयूर्वेद चिकित्सक डाक्टर अरुण झालाई पक्राउ गरेको हो ।फेसबुकमा झाले मुख्यमन्त्रीलाई कालाेमाेसाे दल्ने चेतावनीसहितकाे स्टाटस लेखेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Advertisement

विगत केही दिनदेखि सर्लाहीकाे मलंगवामा दुई समुदायबीच चल्दै आएकाे तनावका विषयलाई लिएर मुख्यमन्त्रीले गरेको भाषणलाई झाले कोड गरी फेसबुकमा लेखेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

झाले फेसबुकमा–मलंगवामा भएको घटनाका दोषीलाई कारवाही/गोली हान्नुस मुख्यमन्त्री सरोज यादव ज्यू, नत्र हामी छिट्टै तपाईलाई कालोमोसो दल्छौँ ।” लेखेपछि उनलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाले झालाई सोधपुछको लागि बुधबार नियन्त्रणमा लिएको बताएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *