Categories समाचार

पैगम्बर मोहम्मदको जन्मोत्सवको अवसरमा सरबत वितरण

Advertisement

वीरगन्ज । मुस्लिम धर्मावलम्बीहरूले आज बिहीबार इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती`माेहम्मद डे´ मनाइ रहेका छन् ।

हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी संवत् रब्बीअव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको बताइन्छ । उनको निधन ६३ वर्षको उमेरमा साउदी अरबकै मदिनामा भएको थियो ।

Advertisement

पैगम्बर मोहम्मदको जन्मदिनमा मुस्लिम धर्मावलम्बीले विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गर्दछन् ।

Advertisement

वीरगन्जमापनि आज मुस्लिम धर्मावलम्बीले `माेहम्मद डे ´ मनाएका छन् । बिहान छपकैया, इनर्वा, गहवा, लाठगल्ली, मुर्ली, बहुअरी लगायतका टाेलबाट निकालिएको जुलुश नगर परिक्रमा गरेर घणटाघर चाेकमा पुगेर समापन भएकाे थियाे ।

पैगम्बर मोहम्मदको १४९८ औं जन्मोत्सवको अवसरमा नव जनकल्याण युवा संजाल, एनवी फाउंडेशन र निर्मल जलद्वारा जुलुसमा सहभागी श्रद्धालुहरुलाई सरबत वितरण गरिएको छ । सरबत वितरण पछि संजालद्वारा उक्त स्थानको सरसफाइ पनि गरियो।

संजालका अध्यक्ष सागिर अलीको नेतृत्वमा गरिएको सो कार्यक्रममा फाउंडेशनकि अध्यक्ष प्रिति तिवारी, दिलखुश देवान, राजु गुप्ता, अंकित मिश्रा, सुसील साह लगायतको उपस्थिति रहेको थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *