Categories समाचार

मनिषाको मृत्यु शंकास्पद देखिएपछि जलाउन लगिएको शव नियन्त्रणमा, पतिसहित तीनजना पक्राउ

Advertisement

वीरगन्ज । प्रहरीले सर्लाहीको रामनगर गाउँपालिका–१ स्थित खैर्वाबाट युवतीको शव बरामद गरेको छ । रामनगर गाउँपालिका–१ खैर्वाका सुनिल शाहकी पत्नी २१ वर्षीया मनिषा शाहको शव अनुसन्धानका लागी नियन्त्रणमा लिइएको जिप्रका सर्लाहीका प्रवक्ता (डिएसपी) दीपेन्द्र पंजियारले बताए ।  

मनिषाको मृत्यु शंकास्पद देखिएपछि त्यसबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । डिएसपी पंजियारका अनुसार मनिषाको घाँटीमा डाम देखिएको छ । शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल सर्लाहीमा राखिएको छ । 

Advertisement

प्रहरीले मनिषाका पति सुनिल शाह, ससुरा र देवरलाई नियन्त्रणमा लिएको छ । उनिहरुलाई सोधपुछका लागी नियन्त्रणमा लिइएको सर्लाहीका एसपी नरेश सुवेदीले जानकारी दिए ।

Advertisement

परिवारका सदस्यले भने छारे रोगकी बिरामी मनिषाले आत्महत्या गरेको दाबी गरेका छन् । तर प्रहरीले भने पासो लागेर आत्महत्या गरेको जस्तो देखिएको भएपनि संकलित प्रमाणको आधारमा घटनाको अनुसन्धान भइरहेको जनाएको छ । थप कुरा पोस्टमार्टमपश्चात खुल्ने प्रहरीको भनाई छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *