Categories समाचार

२६ लाख मूल्य बराबरको अलैंची बोकेको गाडी प्रहरी नियन्त्रणमा

Advertisement

बारा । बारामा प्रहरीले शंकास्पद २६ लाख मूल्य बराबरको अलैंची बोकेको गाडी नियन्त्रणमा लिएको छ ।

नियमित चेक जाँचका क्रममा बुधबार दिउँसो २ बजे पथलैया चोकबाट अलैंचीसहितको गाडी नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।

Advertisement

लमजुङबाट झापा तर्फ जाँदै गरेको ना.६ ख ७१०५ नम्बरको गाडीलाई पथलैया चाेकमा प्रहरीले रोकेर चेक जाँच गर्दा १३ सय किलो अलैंची बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Advertisement

नियन्त्रणमा लिइएकाे अलैंची बारे अनुसन्धानका भइरहेकाे प्रहरीले जनाएको छ।

सांकेतिक तस्बिर

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *