Categories समाचार स्वास्थ्य

नेपाल नेत्रज्योति संघ पर्साको आयोजनामा नि:शुल्क आँखा शिविर सम्पन्न

Advertisement

राजन श्रीवास्तव
वीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ सन्ठीमा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ ।

नेपाल नेत्रज्योति संघ पर्सा शाखाको मुख्य आयोजनाम तथा जगरनाथपुर गाउँपालिकाको स्थानीय आयोजनामा नि:शुल्क आँखा शिविर सम्पन्न भएको हो ।

Advertisement

आज बिहान १० बजेदेखि शुरु भएको शिविरमा २२८ जनाको आँखा चेकजाँच गरिएकोमा १०८ जना मोतिबिन्दुका बिरामी भेटिएको शिविरमा सहभागी चिकित्सकले जानकारी गराए ।

Advertisement

शिविरमा छनौट भएका मोतिबिन्दुका बिरामीहरुको रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल परवानीपुरमा नि:शुल्क शल्यक्रिया गरिने आयोजक संस्थाले बताएको छ ।

भगवती प्रसाद चौधरीको सभापतित्वमा आयोजना भएको सो कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद जनार्दन सिंह क्षेत्री विशिष्ट अतिथिमा नेत्रज्योति संघका केन्द्रीय सदस्य श्याम कुमार पोखरेल, गाउँपालिका अध्यक्ष श्रीकान्त यादव लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *