वीरगञ्ज । साहिब बाबाको १ सय २३ औँ अवतरण दिवसको अवसरमा वीरगञ्जमा प्रसाद वितरण गरिएको छ । साहिब दरबारले वीरगञ्जको माइस्थानमा आउने दर्शनार्थी एवम् श्रद्धालु भक्तजनलाई प्रसाद वितरण गरेको हो ।
साहिब बाबाको अवतरण दिवसमा प्रसाद वितरणसँगै, वृक्षरोपण तथा स्वास्थ्य शिविर जस्ता विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको साहिब दरबारका अध्यक्ष उमेशलाल सहनीले बताए । उनकाअनुसार साहिब बाबाको जन्मदिनको अवसरमा शुक्रवार मन्दिरमा आउनेहरुलाई प्रसाद वितरण गरिएको हो ।
प्रसाद वितरण कार्यक्रमका अवसरमा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले साहिब बाबाले देखाएको मार्गमा चल्न सके समाजबाट अहिंसा र विभेद अन्त्य भई शान्ती र सद्भाव कायम हुने विश्वास व्यक्त गरे । अहिलेका नयाँ पुस्ताले साहिब बाबासँगै अन्य धर्म गुरुहरुको प्रबचन र सन्देशलाई आत्मसाथ गर्नुपर्ने प्रमुख सिंहको सुझाव छ ।










