Categories समाचार

पक्राउ परेका अभिनेता अनमोल केसीलाई टेकुस्थित जिल्ला प्रहरी परिसर हिरासतमा

Advertisement

काठमाडौँ । शुक्रबार पक्राउ परेका अभिनेता अनमोल केसीलाई टेकुस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको छ । 

उनलाई अदालतबाट पक्राउ पुर्जी लिएर जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।

Advertisement

केसीलाई आपराधिक विश्वासघात गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँको टोलीले काभ्रेबाट पक्राउ गरेको थियो ।

Advertisement

उनीविरुद्ध निर्माणको तयारीमा रहेको फिल्म ‘रावायण’ युनिटले आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दर्ता गराएको छ ।

फाइल तस्बिर

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *