Categories समाचार

घण्टाघर आकर्षक बनाउन जडान गरिएको बत्ति चोरी, मेयर सिंहले लेखे मसंग रिस भए मै माथि उतार्नुस्

Advertisement

वीरगन्ज । वीरगन्जको घण्टाघरलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरिएको बत्ति चोरी भएको छ ।

वीरगञ्ज महानगरपालिकाले घण्टाघरलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरेको बत्ति चोरी भएपछि मेयर राजेशमान सिंहले दुख व्यक्त गर्दै आफनो फेसबुक पेजमा लेखेका छन् -यसलाई के भन्ने, मसंग कसैको रिस छ भने म माथि उतार्ने हो ! वीरगन्जको सौर्न्दर्यसंग जुटेको कुरालाई तोडेर फ्याँक्नु कति सम्म उचित हो ?

Advertisement

वीरगन्ज महानगरपालिकाले घण्टाघरलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरेको बत्ति देखेर रातीको समयमा सेल्फी खिच्नेहरुको संख्या बढेको थियो ।

Advertisement

वीरगन्ज महानगरपालिकाको सरसफाई शाखा प्रमुख सर्फुदिन मियाँले भने, सार्वजनिक सम्पत्तिमा सबैको अधिकार हुन्छ त्यसको संरक्षण गर्ने पनि सबैको दायित्य हो उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरिएको बत्ति चोरी हुनु दुखद कुरा हो ।´

घण्टाघरको नजिकै प्रहरी बिट भएपनि बत्ती चोरी हुनुले प्रहरीको सुरक्षामा गम्भीर लापरवाही भएको आम नागरिकको भनाई छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *