Categories समाचार

स्कुलको छात्रावासमा ८ वर्षीय बालक झुन्डिएको अवस्थामा फेला

Advertisement

वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगरमा रहेको उषा बालवाटिका बोर्डिङ स्कुलको छात्रावासमा ८ वर्षीय बालक मृत फेला परेका छन् । दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–२ घर भएका सलाम पुलामी छात्रावासमा मृत भेटिएका हुन् । 

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी भीम ढकालका अनुसार पुलामी सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला परेका थिए। शुक्रबार साँझ घटनाबारे थाहा पाएपछि प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको डीआईजी ढकालले बताए ।

Advertisement

पुलामी कक्षा २ मा पढ्थे। घटना शंकास्पद भएको भन्दै आफन्तहरू आन्दोलित बनेका छन्। आफन्तले होस्टेल बाहिर तोडफोडसमेत गरेका छन्। आफन्तले शव उठाउन दिएका छैनन् ।

Advertisement

आफन्त आक्रोशित बनेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। घटना भएको आसपासक्षेत्र तनावग्रस्त बनेको छ। प्रहरीले स्कुल व्यवस्थापक पक्षका केहीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *