Categories समाज

कलेज पढ्ने दुई युवती आफ्नै केटा साथीबाट बालात्कृत

सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवामा दुई युवती सामूहिक बालात्कार भएको घटना प्रकाशमा आएको छ । मलंगवाकै एक कलेजमा अध्ययनरत युवतीहरू आफ्नै केटा साथीबाट बालात्कृत भएको प्रहरीले जनाएको छ।

गत भदौ ३१ गते युवतीहरू बालात्कृत भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। बालात्कार गरेको आरोपमा दुई युवालाई प्रहरीले प्रकाउ गरेको छ। पीडित युवतीले असोज ९ गते उजुरी दिएपछि प्रहरीले उनीहरूलाई प्रकाउ गरेको हो।

Advertisement

पक्राउ पर्नेमा धनुषाको अनिकित कुमार यादव र पर्सा जिल्लाका सुजित चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। अर्का एक जना आरोपित फरार छन्।

Advertisement

मलंगवा–२ मा भाडा लिएर बस्दै आएका युवतीहरूलाई यादव र चौधरीले आफनो कोठामा भोज खानका लागि बोलाई तबालात्कार गरेको प्रहरीले जनाएको छ। साभार : अन्नपूर्णपोष्टबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *