Categories समाचार

अश्लिल हर्कत गरेको आरोपमा रौतहटमा आधा दर्जन टिकटकर पक्राउ

Advertisement

रौतहट । रौतहट सदरमुकाम गौर स्थित सिया प्यालेस होटेलमा अश्लिल नृत्य भइरहदा प्रहरीले शुक्रवार राति छापा मारेर केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएका छन् ।

गौर नगरपालिका वडा नम्वर ५ स्थित रहेका सिया प्यालेस होटेलको सभाकक्षमा टिकटकमा नृत्य गर्ने महिला र पुरुषहरुले अश्लिलता फैलाएको भन्दै केही मानिसहरुले प्रहरीले खवर गर्दा राति साढे ११ बजेको समयमा प्रहरीले उक्त होटलमा छापा मारेर केही मानिसहरुलाई नियन्त्रणमा लिएका हुन् ।

Advertisement

यस विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दामोदर केसीले गएराति होटलमा जाँडरक्सी खाएर हो हल्ला गरी अशान्ति फैलाउने सात जना व्यक्तिलाई नियन्त्रणमा लिएको बताए ।

Advertisement

होटलमा अश्लिल आर्केष्ट्रा भईरहेका थिए त्यसैबाट नृत्य गर्ने महिला पुरुष सहित २४ जनालाई समात्नु भएको छ नी ?  प्रश्नको जवाफमा उनले आर्केष्ट्रा सम्बन्धमा आफूलाई केही थाहा छैन, त्यहाँ स्थानीय सात जनाले जाँडखाएर हो हल्ला गरिरहेको अवस्थामा समातेको बताउदै आज शनिवार भएकोले भोली त्यस घटनाको विषयमा सार्वजनिक गर्ने छु भने ।

त्यस सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको समेत डिएसपी केसीले जवाफ दिए । श्रोतका अनुसार विश्व हेल्थ अर्गनाइजेशन (डब्लुएचओ) ले विउविजन विक्री गर्ने विक्रेताहरुको लागि तालिम संचालन गरेका थिए ।

सोही क्रममा केही टिकटक स्टारहरुलाई राखेर नृत्य प्रोग्राम गराइएर राति ११ बजे उक्त कार्यक्रम सम्पन्न पनि भइसक्यो । तर मादक पदार्थ सेवनबाट मात्तिएका केही स्थानीयहरु गेष्ट सुतेका कोठाहरुको ढोका फुटाल्न खोज्दा गेष्टले नै फोन गरेर प्रहरीलाई बोलाएको ति श्रोतले दाबी गरे ।

टिकटक स्टारलाई पनि समातेको छ भने प्रश्नको जवाफमा ति श्रोतले राति ११ बजे खाना खाएर तिनीहरु आफनो गन्तव्य तर्फ गईसकेका थिए तर बाटोबाट पनि तिनीहरुलाई प्रहरीले समातेको दाबी श्रोतले गरेका छन् ।

यस विषयमा सिया प्यालेस होटलका मैनेजर चन्दन झाले डब्लुएचओको कार्यक्रम केही दिन देखि संचालनमा रहेका थिए । तिनीहरुलाई मोटिभेशन गर्नका लागि नृत्य प्रस्तुत गरिएको तर स्थानीयहरु रातिको समयमा होटेलमा प्रवेश गरेर उत्पात मचाउन सुरु गरेपछि प्रहरीले तिनीहरुलाई पक्राउ गरिएको बताउँछन् ।

होटलमा नृत्य गराउनु अघि स्थानीय प्रशासन प्रहरीबाट इजाजत लिएको प्रश्नको जवाफमा उनले यहाँ कुनै ठूलो नृत्य कार्यक्रम नै थिएन सामान्य रुपमा प्रस्तुती गर्दा यत्रो बबाल सृजना गराइएको छ, प्रहरीले अनुसन्धान गरिरहेको हुँदा आफू केही नबोल्ने जवाफ दिए ।

तस्वीर : खरीबोट बाट साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *