Categories समाचार

वीरगन्ज : बाल सुधारगृहका फरार दुईजना कैदी ४८ घन्टापछि पक्राउ

Advertisement

वीरगन्ज । वीरगन्ज महानगरपालिका– ४ बिर्तामा रहेको बाल सुधारगृहका फरार दुईजना कैदीलाई प्रहरीले पक्राउ गरिसकेको छ।

गएको शुक्रबार बिहान २ बजेको समयमा जेलको काँडेतार काटेर फरार भएका उनीहरूलाई ४८ घन्टाभित्र प्रहरीले पक्राउ गरिसकेको हो।

Advertisement

फरार भएका कैदीहरू मधेश प्रदेशको सर्लाही र सिराहा जिल्लाका थिए। कर्तव्य ज्यान मुद्दामा परी बाल सुधारगृहमा रहेका फरार सर्लाहीका कैदी भारतको सीतामढीमा पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ। 

Advertisement

उनलाई शनिबार राति नै पर्साका क्राइम शाखाका वरिष्ठ प्रहरी नायब निरीक्षक विनोद काफ्लेको टोलीले पक्राउ गरिसकेको हो। 

यस्तै, जबर्जस्ती करणी मुद्दामा परी बाल सुधारगृहमा रहेका कैदी सिराहाका कैदीलाई भारतको कुटुनाबाट प्रहरीले पक्राउ गरेको हो। 

उनलाई क्राइम शाखाका प्रमुख प्रहरी निरीक्षक डेब्बा शेर्पाको टोलीले आइतबार बिहान १० बजे पक्राउ गरेको हो। प्रहरीले खोजीका दुईवटा टोली बनाएर फरार कैदीहरूको घरदेखि भारतसम्म प्रहरी परिचालन गरेको थियो।

प्रहरीका अनुसार सुधारगृहका दुईजना फरार भएका कैदी वीरगन्जको मुख्य भन्सार नाका शंकराचार्य गेट अगाडिबाट भारततर्फ गएका थिए। 

उनीहरू शुक्रबार बिहान ५ बजेको समयमा सँगै एकआपसमा कुराकानी गर्दै खाली खुट्टा हिँडेर रक्सौलतर्फ गइरहेको अवस्थामा प्रहरीको सिसिटिभी क्यामेरामा देखिएपछि प्रहरीको टोली खोजीमा भारत प्रवेश गरेको थियो। 

प्रहरीले रक्साेलमा पुगेर रेल्वे स्टेसनको क्यामेरा पनि चेकजाँच गरेको भए पनि उनीहरू देखिएका थिएनन्।पर्साका प्रहरी उपरीक्षक कोमलविक्रम साहले फरार भएको कैदीले प्रहरीले पक्राउ गरिसकेको पुष्टि गरेका छन्। फरार भएका कैदीलाई पक्राउ गरेर अहिले नेपाल भएर पर्सा ल्याउने काम भइरहेको उनले बताए। 

उनले कैदीहरू फरार भएपछि त्यसप्रकारको कुनै अर्को घटना हुन नदिन अभियुक्त ओसार–पोसार गर्ने प्रहरीलाई सतर्क हुन कडा रूपमा निर्देशन नै दिएका थिए। जिल्लामा खटिएका प्रहरीलाई निरन्तर गस्ती र तैनाथ रहने गरी ड्युटी गर्न सर्कुलर गरेको अवस्था छ। 

यसअघि उक्त कैदीहरूले साउन २६ मा आन्तरिक विवाद गरी तोडफोड नै गरेका थिए । उनीहरूले गत भदौ ८ गते भक्तपुर सुधारगृहमा रहेकामध्ये १८ जनालाई स्थानान्तरण गरी वीरगन्ज आएकै दिनदेखि आन्तरिक विवाद सुरु गरेका थिए। 

सरकारले उपलब्ध गराएको सम्पूर्ण सुविधाको ग्यारेन्टी गर्न, पठनपाठनको व्यवस्थापन गर्न, बिजुली र सफा खानेपानीको व्यवस्थापन गर्न ,खानाको मात्रा पर्याप्त र गुणस्तरीय बनाउनेजस्ता समस्या सुनाएका थिए।

साथै उनीहरू प्रहरी प्रशासनको ज्यादती आफूहरूलाई मान्य नहुने र बाल सुधारगृह सुधार गर्ने खालको हुनुपर्ने र त्यस्तै वातावरणमा बस्न पाउनुपर्ने माग गरेका थिए। 

पत्रकार र मानव अधिकारकर्मीहरूको अगाडि कैदी र प्रशासनको वार्तापछि उनीहरूको समस्या सम्बोधन गर्न स्थानीय प्रशासन तयार भएपछि समस्या समाधान भएको थियो।

यो खबर नयाँ पत्रिकामा तिवारी यादवले लेखेका छन्

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *