Categories समाचार

वीरगन्जको घण्टाघरमा जडान गरिएको बत्ती चोर्ने एक भारतीयसहित दुई जना पक्राउ

Advertisement

वीरगन्ज । वीरगन्जको घण्टाघरलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरिएको बत्ति तोडफोड गर्ने र चोर्ने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

वीरगन्ज महानगरपालिकाले घण्टाघरलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरेको बत्ति गत शुक्रबार राति तोडफोड गर्नुका साथै चोरीसमेत भएको थियो ।

Advertisement

उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले आइतबार बेलुकी घण्टाघर क्षेत्रबाटै दुई जनालाइ पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय वीर्ताबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर ८ का १८ वर्षिय अविनाश खत्री र भारतको मोतीहारी घर भएका १८ वर्षिय नितेश मल्लीकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । सिसि टिभीमा रेकर्ड भएको दृश्यका आधारमा अनुसन्धान गर्दै जाँदा उत्तः घटनामा खत्री र मल्लिक संलग्न रहेको भेटिएपछि पक्राउ गरिएको प्रहरीको भनाई छ ।

Advertisement

दुवै जनालाई .वडा प्रहरी कार्यालय वीर्तामा राखेर अभद्र व्यवहार कसूरमा मुद्धा दर्ता गरी पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक कु्मार बिक्रम थापाले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *