Categories समाचार

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लागूऔषध सहित पक्राउ

Advertisement

राजविराज । सप्तरीको बोदेवरसाइन नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख राजनारायण ठाकुरलाई लागूऔषध सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

बोदेवरसाइन बजारस्थित शत्रुधन चौकमा पश्चिमवाट पूर्वतर्फ आउँदै गरेको लु ५५ प ५४३९ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा नम्बर प्लेटको भित्रपट्टी प्लास्टिकमा बेरेर राखेको नाइट्राभेट २७ ट्याबलेट र स्पास्मो १५ ट्याब्लेटसहित सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ महुवा घर भएका ठाकुरलाई नियन्त्रणमा लिइएको सप्तरीका डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए ।

Advertisement

पक्राउ गरिएका ठाकुरलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम सप्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप भई अनुसन्धान भइरहेको नेउपानेले बताए । इ-कान्तिपुरबाट साभार

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *