Categories समाज

ऐक्लै बस्दै आएकी एक महिलाको आफ्नै घरमा हत्या

Advertisement

वीरगन्ज । वीरगन्जमा आफ्नै घरमा एक महिलाकाे हत्या भएकाे छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १ बजार छपकैयामा गगनदेव साहकी पत्नि ४० वर्षिय पुनमदेवी साहकाे हत्या भएकाे हाे ।

Advertisement

प्रहरीका अनुसार, शुक्रबार बिहान टाँउकाेमा घरेलु हतियारले हानेर गम्भीर अवस्थामा भेटिएकी पुनमदेवीलाई उपचारका लागि सुरुमा नारायणी अस्पतालमा लगिएको थियाे । त्यहाँ उपचार हुन नसकेपछि उनलाई नेशनल मेडिकल कलेजमा लगिएकोमा चिकित्सकले मृत घाेषणा गरेकोे प्रहरीले जनाएको छ ।

Advertisement

शव पाेष्ट मार्टमका लागि नारायणी अस्पतालमा पठाइएको र पाेष्टमार्टम रिपाेर्ट आएपछि मात्रै हत्याकाे यकिन कारण खुल्ने एक प्रहरीले अधिकृतले बताए ।

प्रहरीका अनुसार , पुनमदेवीको हत्या कसले र किन गरेकोे भन्ने खुल्न सकेकाे छैन ।

मृतक पुनमदेवी घरमा ऐक्लै बस्दै आएकी थिइन् । पति गगनदेव कामकाे शिलशिलामा भारतमा र छाेरापनि अध्ययनकाे लागि भारतकै दिल्लीमा रहेका छन् ।

घटनाका बारेमा अनुसन्धान भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *