Categories समाचार

“राजा” शब्द संसदीय रेकर्डबाट हटाउन माग

Advertisement

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले राजा शब्द संसदीय रेकर्डबाट हटाउन माग राखेका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व राजा ज्ञानेन्द्र शाहलाई राजा भनेर सम्बोधन गरेका थिए । लिङ्देन लगत्तै बोलेका माओवादी सांसद दाहालले राजा शब्दलाई संविधानले नचिन्ने भन्दै संसदको रेकर्डबाट हटाउन माग गरे ।

Advertisement

‘नेपालको संविधानले राजा चिन्दैन । एकजना माननीय ज्यूले राजा भन्ने शब्द प्रयोग गर्नुभयो सम्मानित सदनमा’ उनले अघि भने, ‘यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक हो । तसर्थ यो राजा भन्ने शब्द रेकर्डबाट हटाइयोस् भन्ने माग राख्न चाहन्छु ।’ अनलाइन खबरबाट साभार

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *