Categories अर्थ समाचार

अनलाइनमा २४ करोड बढी रुपैयाँको सट्टेबाजी गराउने एक युवक पक्राउ

Advertisement

काठमाडौं । अनलाइनमार्फत् २४ करोड बढी रुपैयाँको सट्टेबाजी गराउने एक जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झापाका ३० वर्षीय पिन्टुकुमार साहलाई पक्राउ गरेको हो।

उनले कानुन विपरीत अनलाइनमार्फत् २४ करोड १५ लाख १७ हजार १३८ रुपैयाँको सट्टेबाजी गराएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए। 

Advertisement

साहलले इन्टरनेटको दुरुपयोग गरी वानएक्स बट, मेलबेट, रुपी बेठ, स्काई चेन्ज, बेलीज बेट, खेल विनलगायत वेवसाइटमार्फत् सट्टेबाजी गराई विभिन्न बैंक खातामार्फत् पैसा असुल गर्ने गरेको प्रहरीको भनाइ छ। 

Advertisement

उनलाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने  कसुरमा आवश्यक अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको प्रहरी उपरीक्षक रेग्मीले बताए।  

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *