Categories समाचार

टिकटकबाट प्रेम भएका नेपाली युवा र दुबईमा बस्दै आएकी पाकिस्तानी युवतीले गरे इन्गेजमेन्ट

Advertisement

वीरगन्ज । सामाजिक सञ्जाल टिकटकबाट प्रेम सम्बन्धमा जोडिएका नेपाली युवा आयुश सिंह ठकुरी र दुबईमा बस्दै आएकी पाकिस्तानी युवती एलिजे जमालीले इन्गेजमेन्ट गरेका छन् । इन्गेजमेन्टका लागि ठकुरीको परिवार दुबई पुगेको छ । 

उनीहरूबीच शुक्रबार इन्गेजमेन्ट भएको हो । उनीहरूले यसअघि नै सँगै टिकटक लाइभमा आएर इन्गेजमेन्ट गर्ने जानकारी गराएका थिए । इन्गेजमेन्टपछि उनीहरूले इन्गेजमेन्ट कार्यक्रममा भिडियो तथा तस्वीहरू टिकटकमा पोस्ट गरेका छन् । 

Advertisement

टिकटकमा लाइभ बस्दा परिचय भएपछि उनीहरू प्रेममा परेका थिए । एलिजे आफ्ना आमा र बहिनीका साथमा केही समय पहिला नेपाल आएकी थिइन् । उनी त्यतिबेला १५ दिन नेपाल बसेकी थिइन् । त्यसपछि हालै आयुश पनि दुबई गएका थिए । 

Advertisement

सधैँ बुर्कामा रहने एलिजेले इन्गेजमेन्टमा पनि अनुहार देखाएकी छैनन् । आयु्शले आफूले एलिजेको अनुहार नहरी नै मन पराएको यसअघि नै बताएका थिए । शिलापत्रबाट साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *