Categories समाचार

टिकटकरलाई अध्यक्ष ओलीले दिए बधाई

Advertisement

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी ओलीले नेपाली नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर अलिजेहबीच भएको इन्गेजमेन्टको बधाई दिएका छन् ।

बिहिबार सामाजिक फेसबुकमार्फत बधाई दिँदै उनले ठकुरी र  अलिजेह जमालीको टिकटक आफूले पनि हेर्ने बताएका छन् । ओलीले मायाले जातिको, धर्मको, देशको सीमाको पर्खाल पनि नाघेर उचाई लिने बताएका छन् । 

Advertisement

ओलीले लेखेका छन्–‘ नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर अलिजेह जमालीले (उनीहरूको टिकटक यदाकदा हेर्ने पनि गर्छु) दुबईमाआफ्ना आमाबाबुलाई साक्षी राखेर आ–आफ्नो संस्कृति अनुसार इन्गेजमेन्ट टिकाटालो गरे ।  

Advertisement

मायाले जातिको, धर्मको, देशको सीमाको पर्खाल पनि नाघेर उचाइ लिन्छ । यसले जाति, धर्म, सम्प्रदायमा भिन्नता होइन समानता खोज्न सिकाउँछ । उनीहरूलाई बधाई छ ।’ साभार

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *