Categories समाचार

पर्सा प्रहरीले भन्सारलाई बुझायो १३ थान कुर्ता सुरुवाल

Advertisement

वीरगञ्ज । भन्सार छली गर्दै चोरी पैठारी गरेर नेपाल भित्र्याइएको भन्दै पर्सा प्रहरीले प्याज, चिनी, चामल, पेय पदार्थ र लत्ताकपडा बरामद गरी भन्सारमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले शनिवार एउटा सूचना जारी गर्दै विभिन्न मिति पर्साको वीरगञ्जलगायतका स्थानबाट नियन्त्रणमा लिएको सामग्रीहरू भन्सार कार्यालय वीरगञ्जमा बुझाएको हो ।

Advertisement

पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाका अनुसार प्रहरीले १३ पिस कुर्ता सुरुवाल, २०९ किलोग्राम प्याज, १७० किलोग्राम चिनी, १० बोरा चामल, ३२ पिस कोकाकोला भन्सारमा बुझाएको छ ।

Advertisement

भन्सारमा बुझाइएको सामग्रीको अनुमानित मूल्य एक लाख १६ हजार २६५ रुपैयाँ बराबर रहेको डिएसपी थापाले जानकारी दिए ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *