Categories समाचार

बिन्दबासिनीमा विद्यार्थीहरुलाई उचालेर गराइएको आन्दोलन स्थगित ।

Advertisement

वीरगञ्ज । पर्साको विन्दवासिनी गाउँपालिकामा शिक्षक सरुवाविरुद्ध केही शिक्षकहरुले आफू अनुकूल सरुवा नभएको भन्दै विद्यार्थीहरुलाई उचालेर आन्दोलन गर्न सडकमा उतारेको आरोप लागेको छ ।

विन्दवासिनी गाउँपालिका – २ बहुअर्वा भट्ठास्थित श्री राधाकृष्ण चौरसिया माध्यमिक विद्यालयको स्वास्थ्य तथा विज्ञान विषयका शिक्षकको सरुवाको विषयलाई लिएर पठनपाठनको राम्रो व्यवस्था नभएको भन्दै विद्यार्थीहरुलाई उचालेर पालिकामा आन्दोलन गर्न लगाइएको नाम नलेखने सर्तमा एक शिक्षकले बताए ।

Advertisement

आन्दोलनरत विद्यार्थीहरूले पढाई लेखाई , बस्ने बेच्न , शौचालय , धारा लगायतको राम्रो व्यवस्था नभएको भन्दै आन्दोलनमा होमिएको बताएका छन् ।

Advertisement

आन्दोलनमा आएका झौवा विद्यालय , गर्दौल विद्यालय र बहुवर्वा विद्यालयका विद्यार्थीहरु मध्ये केही विद्यार्थीहरुलाई पालिका अध्यक्ष प्रमोद तिवारीले आफ्नो कार्यकक्षमा बोलाई उनीहरूको समस्या बुझी समस्या समाधान गर्ने प्रतिबद्धता जनाए पछि उनीहरूले आन्दोलन स्थगित गरी घर फर्केका हुन् ।

उनीहरूले विद्यालयमा समेत तोडफोड गरी आगजनी समेत गरेका छन् । उनीहरूले गरेको आगजनीबाट विद्यालयमा ५ लाख बराबरको क्षति भएको पालिकाको कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *