वीरगन्ज । वीरगन्जको छपकैयामा गत शुक्रबार हत्या गरिएकी ब्युटिसियन पुनमदेवी सर्राफको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार पत्रकार सम्मेलन गरि , पुनम देवीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैयाका २५ वर्षिय इमरान मियाँलाई सार्वजनिक गरेको हो ।
वीरगन्ज १ छपकैयाकै गगनदेव साहकी पत्नि ४० वर्षिय पुनमदेवी सर्राफ, गत शुक्रबार बिहान आफनै घरभित्र रक्ताम्य अवस्थामा अचेत फेला परेकोमा उपचारका क्रममा उनको त्यहिदिन बिहान ७.३० बजे मृत्यु भएको थियो ।
पक्राउ परेका इमरानले पुनमदेवीको हत्या आफैंले गरेको स्ववीकार गरिसकेको पत्रकार सम्मेलनमा पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बतााए ।उनि लागु पदार्थको दुव्र्यसनीसमेत रहेको अनुसन्धानका क्रममा खुलेको शाहले जानकारी दिए ।
शाहका अनुसार , गत शुक्रबार बिहान ३ बजेतिर चोरी गर्ने उदेश्यले इमरान पुनमदेवीको घरको झयालबाट छतमा चढेर सिढिंघर हुदैं पुनमदेवी सुतेको कोठाभित्र पसेका थिए । घरमा एक्लै रहेकी पुनमदेवी उठेर जितीया पर्वको तयारीमा लागेकै बेला इमरानको उनिसंग जम्काभेट भएपछि दुवैजना बिच घम्साघम्सी भएको थियो । त्यसक्रममा इमरानले फलामको मोटो रडले पुनमदेवीको टाँउकोमा चार पटक हानेर रक्ताम्ये बनाएपछि घरको मूल ढोकाबाट बाहिर निस्किएर ढोकामा बाहिरबाटै चुकुल लगाएर भागेका थिए ।
बिहान ३.३० बजेतिर जिउतीया पर्वका लागि पुनमदेवीकी दिदी बहिनीको घरमा पुग्दा सुत्ने ओछ्यानमा पुनमदेवी रक्ताम्ये भई अचेत अवस्थामा फेला परेपछि छिमेकीलाई खबर गरेकी थिइन् । सुरुमा नारायणी अस्पतालमा प्राथमिक उपचार गरी नेशनल मेडिकल कलेजमा भर्ना गरिएकी पुनमदेवीको उपचारका क्रममा बिहान ७.३० बजे मृत्यु भएको थियो ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले शनिबार मृतक पुनमदेवीले ब्युटिपार्लर सञ्चालन गरेको घरधनीका छोरालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । तर हत्यामा उनको संलग्नता नदेखिएपछि उनलाई रिहा गरिएको प्रहरी उपरक्षिक शाहले पत्रकार सम्मेलनमा जानकारी दिए ।पक्राउ परेका इमरानलार्ई भने पर्सा जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान कार्य भइरहेको शाहले बताए ।




