अमित अग्रवाल
वीरगन्ज । पानी जमेको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ भने एक घाइते भएकी छिन् ।
भारतबाट आएका नट समुदायका बालिकाहरुको घोङी टिपने क्रममा पानी जमेको खाल्डोमा परी यस्तो अवस्था भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर २४ रामगढवाको नयाँ बस्तीमा रहेको घरहरुको छेउमा भएको खाल्डोमा डुबेर अन्दाजी ८ वर्षीया एक बालिकाको मृत्यु भएको छ भने अर्को एक बालिकाको अवस्था गम्भीर भइ अस्पतालमा उपचारार्थ रहेको प्रहरीले जनाएको छ ।
पानीमा डुबेको यकिन समय जानकारी नभएको तर जानकारी पाएको पाँच मिनेटमै उद्धार कार्यमा प्रहरी लागेको प्रत्यक्षदर्शीहरुले बताए ।






