Categories समाचार

इमप्रुविङ वीरगन्ज ७ औं वर्ष पार गरि ८ औं वर्षमा प्रवेश

Advertisement

वीरगन्ज । विभिन्न समाजिक कार्य गर्दै सामाजिक पहिचान बनाएको इमप्रुविङ वीरगन्ज ७ औं वर्ष पार गरि ८ औं वर्षमा प्रवेश गरेको छ । सोही क्रममा हिजो सो संस्थाले एक कार्यक्रमका बीच वार्षिकोत्सब मनाएको छ ।

ग्लोबल कलेजको सभाहलमा आयोजित कार्यक्रमका प्रमुख अतिथि संघीय उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए ।

Advertisement

संस्थाका अध्यक्ष सरन गुप्ताको अध्यक्ष्तामा भएको सो कार्यक्रममा विगत ७ वर्षमा गरिएको विभिन्न सामाजिक कार्यहरूको डकुमेन्ट्री हेराउनुका साथै आगामी दिनहरुमा गर्ने कार्यहरूको योजना बनाएर प्रस्तुत गरिएको थियो ।

Advertisement

वार्षिकोत्सब कार्यक्रमका विशिष्ट अतिथि वीरगन्ज महानगरपालिकाका उप प्रमुख इम्तेयाज आलम, गलोबल कलेजका ओम श्रेष्ठ, समाजिक अभियन्ता कमल चौलागाईं, नुतन सरावगी, विक्की सरार्फ लगायको उपस्थिति रहेको संस्थामा अध्यक्ष गुप्ताले बताए ।

कार्यक्रम सञ्चालन सञ्चारकर्मी सुर्य शुभचिन्तकले गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *