Categories समाचार

इजरायलमा हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीकाे मृत्यु भएको पुष्टि

Advertisement

काठमाडाैँ । इजरायलमा विद्रोही समुह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीकाे मृत्यु भएको पुष्टि भएको छ । 

इजरायलमा रहेकाे नेपाली दूताबासकाअनुसार किवुज अलुमिन क्षेत्रमा रहेका १७ जना विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको हो । यसको जाककारी परराष्ट्र मन्त्रालयलाई गराइसकिएको दुतावासले जनाए पनि तर परराष्ट्र मन्त्रालयले भने यसबारेमा औपचारिक जानकारी दिएको छैन । 

Advertisement

शनिवार भएको आक्रमणमा परि घाइते भएका विद्यार्थीहरुलाई तुरुन्त उपचारको प्रबन्ध गर्न इजरायल सरकारलाई प्रयास गरे पनि त्यो सफल हुन नसकेको दुतावासले जनाएको छ । 

Advertisement

आक्रमणमा एक जना बेपत्ता छन् भने चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आक्रमणमा परेका विद्यार्थीलाई उद्धार र उपचारका लागि इजरायली सरकारलाई आग्रह गरे पनि त्यो सम्भव  नभएकाले दुखद्  घटना भएको नेपाली दुतावासले जनाएको छ । 

सुदूरपश्चिम विश्वविद्यालयबाट ११ महिनाको ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत गत भदौ १८ र १९ गते गएका नेपाली विद्यार्थी रहेको फर्ममा हमासले आक्रमण गरेको थियो । 

विश्वविद्यालयले सेदोत नेगेभ कृषि तालिम केन्द्रमा ४९ जना नेपाली विद्यार्थी पठाएकोमा उनीहरूलाई  ६ वटा समूहमा अलग–अलग कृषि फार्ममा खटाइएको थियो । ३२ जना विद्यार्थी भने बिभिन्न कृषि फार्मका वंकरमा सुरक्षित रहेकाे दुतावासले जनाएको छ । 

आफूहरुमाथि आक्रमण हुने बित्तिकै घाइते विद्यार्थीले नजिकैको फार्ममा रहेका साथीहरुलाई उपचारको व्यवस्था गर्न खबर गरेको र उनीहरुले तुरुन्तै एम्बुलेन्सलाई खबर गरे पनि एम्बुलेन्सले तत्काल उद्धार गर्न नसकेको विद्यार्थीहरूले बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा परराष्ट्र मन्त्री एनपी साउदले  इजरायलमा केही नेपाली हताहत भएको हुनसक्ने भन्दै थप एकिन गर्ने काम भइरहेको बताउनुभएको थियो । मन्त्री साउदकाअनुसार इजरायलमा अहिले चार हजार पाँच सय जना नेपाली केयरगिभरको रूपमा रहेका र दुई सय ६५ जना विद्यार्थी अध्ययनरत रहेका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *