वीरगञ्ज । वडा प्रहरी कार्यालय विर्ताले भन्सार छली चोरी पैठारी ल्याइएका सामग्री बरामद गरेको छ ।
भारतबाट भन्सार छलेर अवैध रुपमा ल्याइएका अनुमानित ३ लाख मूल्य बराबरको सामग्री बरामद गरिएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक पुस्कर बोगटीले जानकारी दिए ।
प्रहरी निरीक्षक बोगटीकाअनुसार १ लाख २० हजार मूल्य बराबरको लत्ताकपडा बरामद गरिएको छ । यस्तै ९० हजार बराबरको किराना सामग्री, सेक्स टोई ८० हजार बराबरको र १० हजार बराबरको कस्मेटिक सामग्री बरामद गरिएको बोगटीले बताए ।
बरामद सामग्रीलाई आवश्यक कारवाही तथा थप अनुसन्धानका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको बोगटीले जानकारी दिए ।






