Categories समाचार

दाह्री काट्ने मेसिन नदिएको झोकमा चक्कु प्रहार गरेर बुबाको हत्या

Advertisement

वीरगन्ज । दाह्री काट्ने मेसिन नदिएको झोकमा चक्कु प्रहार गरेर छोराले बुबाको हत्या गरेका छन्। क्व्होलासोथार गाउँपालिका ९, गिलुङ टक्सारमा छोराको चक्कु प्रहारबाट गम्भीर घाइते भएका बुबाको उपचारको क्रममा मृत्यु भएको हो।

मृत्यु हुनेमा ६० वर्षीय दिलबहादुर विक रहेका छन्। उनको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो।

Advertisement

गत असोज १० गते साँझ साँढे ५ बजेतिर आफ्नै छोरा २८ वर्षीय सुजन विकको चक्कु प्रहारबाट दिलबहादुर गम्भीर घाइते भएका थिए। उपचारको लागि पोखरा लगिएको र उपचारको क्रममा शनिबार अपरान्हतिर दिलबहादुरको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement

स्थानीयका अनुसार दाह्री काट्ने मेसिन माग्दा नदिएपछि सुजनले आफ्नै बाबुको पाखुरामा हिर्काएका थिए। त्यसपछि बाबुले गाली गरेको र छोराले चक्कु ल्याएर प्रहार गर्दा बाबु गम्भीर घाइते भएको स्थानीयले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइँले घरायसी विवादका कारण छोराले धारिलो हतियार प्रहार गरी आफ्नै बाबुलाई घाइते बनाएकोमा उपचारको क्रममा मृत्यु भएको बताए। 

घटनामा संलग्न सुजन विकलाई प्रहरीले असोज १६ गते पक्राउ गरी ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा अनुसन्धान गरिरहेकोमा घाइतेको उपचारको क्रममा मृत्यु भएपछि सुजन विक उपर कर्तव्य ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य थालिएको प्रहरीले जनाएको छ। अन्नपूर्ण पोस्टबाट साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *