वीरगन्ज । प्यालेस्टाइनको लडाकु समूह हमासले आफूले बन्धक बनाएका इजरायलका नागरिक मारिदिने धम्की दिएको छ ।
इजरायलले हमाससँग चलिरहेको युद्धमा ‘अगणित शक्ति’ प्रयोग गरी पराजित गर्ने बताएसँगै हमासले पनि बन्धक बनाएका इजरायली मार्ने धम्की दिएको हो ।
गाजामा इजरायलको लगातार हमलालाई लिएर हमासको सैन्य शाखाका प्रवक्ताले इजरायलले सर्वसाधारणलाई चेतावनी नदिई आक्रमण गरेमा इजरायली बन्धकहरूलाई मार्ने बताएका बीबीसीले जनाएको छ ।






