Categories समाचार स्वास्थ्य

विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा वीरगञ्ज महानगरद्वारा सचेतना कार्यक्रम

Advertisement

वीरगञ्ज । विश्व मानसिक स्वास्थ्य दिवस वीरगञ्जमा सचेतनामुलक कार्यक्रम गरी मनाइएको छ । दिवसकै अवसरमा वीरगञ्ज महानगरपालिका र वीरगञ्ज नसिंङ्ग क्याम्पसको सयुँक्त आयोजनामा सचेतनामुलक कार्यक्रमको सम्पन्न भएको छ ।

पछिल्लो समय मानसिक स्वास्थ्यका बिरामीहरु बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख अनिल कुमार यादवले मानसिक स्वास्थ्यका बारेमा जनचेतना अभिबृद्धी गर्नुपर्नेमा जोड दिए । उनले मानसिक स्वास्थ्यलाई नजरअन्दाज नगर्न आग्रह गर्दै जति सक्दो आफुलाई व्यस्त राख्नुपर्ने सुझाव दिए ।

Advertisement

वीरगञ्ज नर्सिङ् क्याम्पसकी प्रमुख डा. कल्पना पौडेलले मानसिक स्वास्थ्यका बारेमा सचेतना फैलाउने अभिप्रायका साथ कार्यक्रमको आयोजना गरिएको बताइन् । मानसिक रुपमा स्वस्थ हुनुपर्ने आवश्यक्ता औँल्याउँदै उनले सामाजिक सञ्जाल, बेरोजगारी, प्रेम, कुलत लगायतका कारण मानसिक स्वास्थ्य बिग्रिन सक्ने तर्क गरिन् ।

Advertisement

‘मानसिक स्वास्थ्य : सबैको अधिकार’ भन्ने नारासहित मनाईएको विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा वीरगञ्ज नर्सिङ् क्याम्पसमा अध्ययनरत छात्रा–छात्रहरुले सन्देशमुलक नाटक पनि प्रस्तुत गरेका थिए ।

वीरगञ्जको घण्टाघरमा भएको कार्यक्रममा दिब्य युवा क्लबका कार्यकारी निर्देशक रामाकान्त पटेल, नारायणी अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) की इन्चार्ज हेमा थापा, बरिष्ठ मानसिक रोग विशेषज्ञ डा. रामप्रकाश साह, डा. अनुप कृष्ण गुप्ता, डा. नीतु बस्नेत, वीरगञ्ज महानगर प्रमुखका जनसम्पर्क सल्लाहकार नवराज फुयाल, युवा अभियानता कमल चौगाई लगायतको उपस्थिती रहेको जनस्वास्थ्य निरीक्षक अनिशकान्त कुशवाहले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *