Categories समाचार

वीरगन्ज : चाडपर्ब लक्षित विभिन्न स्थानमा प्रहरीद्वारा यात्रु सहायता कक्ष स्थापना

Advertisement

वीरगन्ज । चाडपर्बलाई लक्षित गरि वीरगन्जका विभिन्न स्थानमा प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सासँगको सहकार्यमा वीरगञ्जका विभिन्न पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको हो ।

आउँदै गरेको दसैँ, तिहार र छठ पर्बमा यात्रा गर्ने यात्रुहरूको सहजताका लागि सहायता कक्ष स्थापना गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए ।चाडपर्वका बेला यात्रुलाई हैरानी हुनसक्ने भन्दै वीरगन्जको नयाँ बसपार्क, परवानीपुर चोक र भारतबाट नेपालको मुख्य प्रवेश नाका इनर्वास्थित शङ्कराचार्य प्रवेद्वार अगाडि यात्रु सहायता कक्ष स्थापना गरिएको थापाले बताए ।

Advertisement

पर्वको समयमा आफ्नो गन्तव्य तर्फ जाने यात्रुहरूले भोग्ने गरेको समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको सहायता कक्षबाट हालसम्म सयौँ यात्रुले लाभ लिइसकेको उनले बताए । उनले समस्या परेको खण्डमा सोझै यात्रु सहायता कक्षामा पुगेर त्यहाँ खटाइएका प्रहरी प्रतिनिधिलाई सम्पर्क गर्न यात्रुहरूसँग आग्रह पनि आग्रह गरे ।

Advertisement

‘चाडपर्वको मौका छोपी साना तथा ठूला दुरीका सवारीसाधनले यात्रुलाई ठग्ने, बढी भाडा असुल गर्ने, क्षमता भन्दा बढी यात्रु चढाउने जस्ता गुनासो आउने गरेका छन्,’ थाापार्ले भने, ‘त्यस्तो समस्यालाई न्यूनीकरण गर्दै यात्रुलाई सुरक्षित ढङ्गबाट गन्तव्य तर्फ पु¥याउने हाम्रो उद्देश्य हो । हालसम्म यसमा सयौँ यात्रुले यसको लाभ उठाइसकेका छन् ।’

त्यस्तै यात्रा गर्ने क्रममा हुने चोरी, डकैती, लुटपाट नियन्त्रण, सवारीसाधनले मापदण्ड अनुसार बुज्रुग, महिला र अपाङ्गता भएका व्यक्तिलाई दिनुपर्ने सहुलियतको निगरानी गर्न पनि सहायता कक्षले सहयोग पुर्याउने थापाले बताए ।उनका अनुसार प्रत्येक यात्रु साहयता कक्षमा मास्क, सेनीटाइजरको पनि व्यवस्था गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *