Categories समाचार

लागूऔषधसहित दुईजना पक्राउ

Advertisement

वीरगन्ज । सिरहामा प्रतिबन्धित लागूऔषधसहित दुईजना पक्राउ परेका छन ।

सोमबार राती २ जना सवार रहेको मोटरसाईकलमा लागू औषध ल्याउदै गरेको गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतको टोलीले दुईजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Advertisement

सिरहाको गोलबजार नगरपालिका वडा नं. ४ स्थित पुर्व पश्चिम लोकमार्गको आर्या होटल अगाडी सडक खण्डमा चेकप्वाईन्ट थापी चेकजाँच गर्ने क्रममा पुर्वबाट पश्चिमतर्फ आउदै गरेको बा.६३ प. ९१९६ नं.को मोटरसाईकलमा सवार लहान नगरपालिका वडा नं. २१ माधोपुर बस्ने वर्ष २१ को अर्जुन कुमार राम र सोही मोटरसाईकल पछाडी सवार वडा नं. २० हरीनगर बस्ने वर्ष ३५ को रामानन्द दासलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रबिन्द्रराज पाण्डेले जानकारी दिए ।

Advertisement

उनीहरूलाई चेकजाँच गर्दा उनीहरूले बिचमा राखेको कपडाको ब्याग भीत्र ३ वटा प्लास्टिकको पोकाबाट प्रोमेटसाजिन हाइड्रोक्लोराइड २एमएल ४८७ एम्पुल, डाइजेपाम इन्जेक्सन ४९८ एम्पुल र बुप्रेनोर्फिना इन्जेक्सन ४९० एम्पुल बरामद भएको प्रवक्ता पाण्डेले बताए ।

यस सम्बन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *