Categories समाचार

हेटौँडामा क्रेनले किचेर वीरगञ्जका एक युवकको मृत्यु

Advertisement

वीरगञ्ज । मकवानपुरको हेटौँडा उपमहानगरपालिका – १० कर्रामा क्रेनले किच्दा एक जनाको मृत्यु भएको छ ।

प्रदेश २–०३००१ क २०२४ नम्बरको क्रेनले किच्दा सोही क्रेनको सहचालक पर्साको वीरगञ्ज महानगरपालिका – ३० बस्ने २८ वर्षीय सानबाबु पासवानको मृत्यु भएको हो ।

Advertisement

 जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मङ्गलवार दिउँसो १ बजेर ४५ मिनेटमा ब्याक गर्ने क्रममा क्रेनले किच्दा पासवान गम्भीर घाइते भएका थिए ।

Advertisement

घाइते पासवानलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो । यद्यपि चिकित्सकहरूले त्यहाँ उनलाई दिउँसो २ बजेर ४० मिनेटमा मृत्यु घोषित गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले क्रेन चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *