Categories समाचार

इजरायलमा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीहरुकाे शाेकमा वीरगन्जमा दीप प्रज्वलन

Advertisement

वीरगन्ज । इजरायलमा हमासकाे आक्रमणमा परि ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीहरुकाे शाेकमा वीरगन्जमा विभिन्न संघसंस्थाले दीप प्रज्वलन गरि श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

वीरगन्जकाे घणटघर चाेकमा मंगलबार साँझ लायन्स क्लब अफ वीरगन्ज , निजगढ, सिमरा ,कलैया, जीतपुर, अमलेखगञ्ज र गन्जभवानीपुरले दीप प्रज्वलन कार्यक्रम गरेर मृतक नेपाली विद्यार्थीहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

Advertisement

यस्तै राेट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्राेपाेलिसलेपनि घण्टाघर चाेकमै छुट्टै दीप प्रज्वलन कार्यक्रम गरेर श्रद्धाञ्जली व्यक्त गरेकाे छ ।

Advertisement

इजरायलमा हमासले गरिरहेकाे आक्रमणबाट गत शनिबार बिहान १० जना नेपाली विद्यार्थीकाे मृत्युु भएकाे थियाे ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *