Categories समाचार

इजरायलमा मारिएका आनन्दको परिवारलाई मधेश सरकारले पाँच लाख रुपैया राहत दिने

Advertisement

वीरगन्ज । मधेश प्रदेश सरकारले इजरायलमा सहामस समूहको आक्रमणमा मारिएका धनुषाका आनन्द साहको परिवारलाई पाँच लाख रुपैयाँ राहत दिने भएको छ ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहको परिवारलाई राहतस्वरुप पाँच लाख दिने मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बताए ।

Advertisement

मुख्यमन्त्री यादवले मङ्गलबार साँझ एक शोक वक्तव्यमार्फत मृतक परिवारमा समवेदना व्यक्त गर्दै पीडित साह परिवारलाई प्रदेश सरकारको तर्फबाट सो राहत प्रदान गरिने जानकारी दिए ।

Advertisement

मुख्यमन्त्री यादवले आक्रमणमा परी मृत्यु भएका १० नेपाली युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै युद्धमा सामेल नभएका निहत्था र निर्दोष व्यक्तिमाथि आक्रमण हुनु हमासको संवेदनहीन र अमानवीय कृत्य भएको बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *