Categories समाचार

धोबीनी गाउँपालिकाका जनताले अब निःशुल्क रगत पाउने

Advertisement

वीरगन्ज । पर्साको धोबीनी गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी पर्सा बिच गाउँपालिका बासीहरुलाई निःशुल्क रगत उपलब्ध गराउने बिषयमा सम्झौता भएको छ । आज गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहान र नेपाल रेडक्रस सोसाइटी पर्सा सभापती बिरेन्द्रराज कडेल बिच समझौता पत्रमा हस्ताक्षर गरिएको छ।

धोबिनी गाउँपालिकामा रक्तको कमी भएको हुदाँ अस्पतालमा उपचार गराउन आउने विरामीहरुलाई रगतको समस्याले कठिनाई नहोस भन्ने उदेश्यले

Advertisement

धोबीनी गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी पर्सा बिच गाउँपालिका बासीहरुलाई निःशुल्क रगत उपलब्ध गराउने बिषयमा सम्झौता गरिएको गाउँपलिका अध्यक्ष मदन प्रसाद चौहानले जनाए ।

Advertisement

कार्यक्रममा गाउँपालिकाको तर्फ बाट उपाध्यक्ष प्रतिनिधि श्यामकिसोर पटेल, प्रदिप पटेल,नेपाल रेडक्रस सोसाइटी पर्सा का शलेन्द्र चौरसिया,महन्थ प्रसाद यादव,बिरसमशेर प्रसाद कुर्मी ,लगायतको सहभागिता रहेको थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *