Categories समाचार

हत्या गरिएकी ब्युटीसियन पुनमदेवीको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन

Advertisement

वीरगञ्ज । केही दिन अगाडि हत्या गरिएकी ब्युटीसियन पुनमदेवी सर्राफको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन गरिएको छ ।

ब्युटीसियन सङ्घ नगर कमिटी पर्साको आयोजनामा मङ्गलवार साँझ घण्टाघर चोकमा सर्राफको सम्झनामा दीप प्रज्वलन गरिएको हो ।

Advertisement

सङ्घकी अध्यक्ष मन्दिरा राउतको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष रोजी प्रदान, केन्द्रीय कोषाध्यक्ष उर्मिला थापा, सचिव राधा हमाल, कोषाध्यक्ष कल्पना खड्का, सदस्यहरू जुली श्रेष्ठ, प्रमीला चौरसिया, डिम्पल श्रेष्ठ, नगर कमिटीकी अध्यक्ष राधा शर्मा, ममता राउत, मधु शाही र विना दाहाल लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

सर्राफ गत शुक्रवार वीरगञ्ज महानगरपालिका -१ छपकैयास्थित घरमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । सोही वडामा पुनम ब्युटी पार्लर सञ्चालन गर्ने उनी एक्लै बस्दै आएकी थिइन् ।

प्रहरीले सर्राफको हत्याको आरोपमा सोही वडाका २५ वर्षीय इमरान मियाँलाई सार्वजनिक गरेको छ । चोरी गर्ने मनसायले घरमा प्रवेश गरेका मियाँलाई सर्राफको हत्या गरेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *