Categories समाचार

अध्यक्ष ओलीलाई स्वागत गर्न कार्यकर्ताको लाइन जहाजको ढोकैसम्म

Advertisement

वीरगन्ज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्न जनकपुरमा पार्टीका कार्यकर्ता जहाजको ढोकैसम्म पुगेका छन्। 

बुधबार एमाले मधेश प्रदेशको अधिवेशन उद्घाटनका लागि यति एयरलाइन्सको जहाजबाट जनकपुर विमानस्थलमा पुगेका ओलीलाई स्वागत गर्न एमाले कार्यकर्ता धावनमार्गमै पुगेका हुन्। 

Advertisement

विमानस्थलभित्र यात्रु र सर्वसाधरणले बोर्डिङ पासबिना जहाजको छेउमा जान पाइँदैन।

Advertisement

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार जनकपुरमा आज हवाई सुरक्षाको गम्भीर उल्लंघन भएको छ।

यसको जिम्मा सम्बन्धित विमानस्थल कार्यालयलाई हुन्छ।  जनकपुरको घटनाबारे प्राधिकरणलाई औपचारिक जानकारी भइनसकेको उनले बताए।

‘सुरक्षा निकायले नियन्त्रण गर्नुपर्ने हो। को मान्छे हुन्, कुन प्रयोजनका लागि गएका हुन् भन्नेबारे प्राधिकरणले अनुसन्धान गर्नेछ,’ उनले भने।

धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डरीले केही समयअगाडि विमानस्थल सुरक्षाको बैठक नै राखेर धावनमार्गमा जान नदिन निर्णय गरेको बताए।

‘आज धावनमार्गमा मान्छे गएको कुरा तपाईंले भनेपछि थाहा भयो। विमानस्थलको धावनमार्गमै गएर स्वागत गर्ने, प्रहरी पनि जाने कुरा गलत हो,’ उनले भने,‘के भएको हो? विमानस्थलको सुरक्षा संवेदनशीलता, नियमको पालना किन भएन म बुझ्छु।’

एमाले मधेश संसदीय दलका नेता सरोज यादवले भने कार्यकर्ताहरू धावनमार्गमा नगएको जिकिर गरे।  सेतोपाटीबाट साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *