Categories समाचार

वीरगञ्जमा एक युवकद्वारा रुखमा झुन्डिएर आत्महत्या

Advertisement

वीरगञ्ज । वीरगञ्जको लक्ष्मणवामा एक युवकले रुखामा झुन्डिएर आत्म हत्या गरेका छन । बुधवार दिउँसो २ बजे उनको शव झुण्डीएको अवस्थामा बरामद भएको प्रहरी चौकी भिस्वा डाडाले जनाएको छ ।

बारा सुराहीका बेलास महतोका ३५ वर्षिय छोरा जितेन्द्र महतो वीरगञ्ज महानगरपालिका १५ लक्षमणवा गाउँको पुर्ब दक्षिणमा पोखरीको डिलमा रहेको रुखमा नाईलनकोे डोरीले दिउँसो करिब २ बजे पाशो लगाई आत्महत्या गरेको स्थानियले जाएका छन ।

Advertisement

मान्छे रुखमा झुन्डेको खबर पाए लगत्तै भिस्वा डाँडा प्रहरी चौकी टोली र श्रीपुर वडा प्रहरी कार्यालयबाट खटेको प्रहरी टोली घटना स्थल पुगेको वडा नम्बर १५ का वडा अध्यक्ष रमेश यादवले बताए ।

Advertisement

मृतक जितेन्द्रको मानसिक अवस्था ठिक नरहेको र ति केहि बर्ष देखि मस्तिष्क रोग सम्बन्धी औषधी सेवन गर्दै आईरहेको मृतकका मामा विश्रामपुर गाउँपालिका ५ नकटुवाका फुलेना महतोले बताए । शवलाई पोस्टमार्टमका लागी प्रहरीले नारायणी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *