वीरगन्ज । वीरगन्जमा बुधबार आयाेजित रक्तदान कार्यक्रममा ३२ जनाले रगत दान गरेका छन् ।
हन्ट नेपाल मिडिया प्रा.लि.द्वारा सञ्चालित हाम्राे नेपाल दैनिक डट कम अनलाइन पत्रिकाकाे तेस्राे वार्षिकाेत्सकाे अवसरमा घण्टाघर चाेकमा आयाेजित रक्तदान कार्यक्रममा ५ महिलासहित ३२ जनाले रगत दान गरेका हुन् ।
रगत दान गर्नेहरुमा हरिशंकर गुप्ता, कृष्ण प्रसाद कुशवाहा, महेश महताे, सनम कार्की, प्रभु साह, रिंकु देवी, संगम दाहाल, दिपेन्द्र प्रसाद कलवार, निरन्जन कुमार साह, सकलदेव प्रसाद यादव, अन्तिमा कुमारी, राजन मण्डल, गाेपाल साह, अजित कुमार मण्डल लगायतका रहेकाे रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख साैरभराज पाण्डेले जानकारी दिए ।
हन्ट नेपाल मिडिया प्रालिका अध्यक्ष रामेश्वर चाैरसियाकाे अध्यक्षतामा भएकाे रक्तदान कार्यक्रमकाे उद्घाटन नारायणी अस्पतालका निमित मेसु डा. चितरन्जन साहले गरेका थिए ।






